१३, कार्तिक २०८२ बिहिवार
काठमाडौँ – मुस्लिम जेन–जी नेपालले प्रधानमन्त्रीद्वारा आयोजित राष्ट्रिय स्तरको Gen-Z सम्बन्धी छलफलमा आफूहरूलाई सहभागी नगराइएकोमा आपत्ति जनाएको छ। संगठनले आज जारी गरेको प्रेस विज्ञप्तिमा यसलाई स्पष्ट रूपमा पक्षपातको संकेत भएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “जेन–जी आन्दोलनको मतादेशअनुसार मुलुकले सर्वमान्य नयाँ सरकार पाएको छ। तर पछिल्ला दिनहरूमा भइरहेको राष्ट्रिय छलफल तथा परामर्श प्रक्रियामा मुस्लिम समुदाय र विशेषगरी मुस्लिम जेन–जी नेपाललाई बेवास्ता गरिएको देखिन्छ, जुन आन्दोलनको भावनाविपरीत छ।”
संगठनले जेन–जी आन्दोलनमा सहभागी सबै पक्षहरूलाई बैठकमा नसमेटिनुलाई आन्दोलनको अवमूल्यनको सरह रहेको र आगामी छलफलमा मुस्लिम युवाहरूको बराबरी प्रतिनिधित्व सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

