समाचार, भर्खरै, समाचार

बाँकेका सिडिओ धर्मराज जोशीप्रति व्यापक समर्थन — नागरिक र सरोकारवाला निकायले गृह मन्त्रालयमा ध्यानाकर्षण

०२ कार्तिक २०८२ आइतबार 

बाँके, नेपालगन्ज – बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको इमान्दार, पारदर्शी र परिणाममुखी नेतृत्वप्रति जिल्लाभरिका नागरिक, स्थानीय सरोकारवाला र सामाजिक संस्थाहरूले प्रशंसा व्यक्त गर्दै उहाँलाई बाँकेमै निरन्तरता दिन गृह मन्त्रालयसमक्ष ध्यानाकर्षण गराएका छन्।

सचेत नागरिक समाज, नारी विकास केन्द्र, स्थानीय निकाय तथा आम नागरिकहरूको संयुक्त पहलमा बुझाइएको ध्यानाकर्षण पत्रमा ५ सयभन्दा बढी हस्ताक्षर गरिएको छ। पत्रमा जोशीले पछिल्ला सात महिनामा देखाएको सुशासन, शान्ति-सुरक्षा, कानुनी शासन, धार्मिक सद्भाव, जुवा–तास, यौन व्यवसाय र लागुऔषध नियन्त्रणमा प्रभावकारी भूमिका उल्लेख गरिएको छ।

नारी विकास केन्द्रकी कार्यवाहक अध्यक्ष शिला शाहका अनुसार, “प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले देखाएको असाधारण नेतृत्व र जनसेवाप्रतिको समर्पण बाँकेको गौरव हो। उहाँको निष्पक्ष र इमानदार कार्यशैलीले नागरिकमा प्रशासनप्रतिको विश्वास पुनःस्थापित गरेको छ।”

Advertisement

जोशीले सात महिनाअघि बाँकेका सिडिओको जिम्मेवारी सम्हालेका थिए। यस अवधिमा उहाँले नोबस्ता औद्योगिक क्षेत्र पुनः सञ्चालन, कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको अवरुद्ध काम अगाडि बढाउने, राजस्व वृद्धि, अवैध व्यापार नियन्त्रण र शान्ति सुरक्षामा सुधार जस्ता कामलाई प्राथमिकतामा राख्दै उल्लेखनीय सफलता हासिल गर्नुभएको छ।

“जिल्ला प्रशासनले नागरिकलाई केन्द्रमा राखेर काम गर्नुपर्छ। सदरमुकाममा होइन, गाउँमै पुगेर समस्या बुझ्न जरुरी छ,” जोशीले बताउनुभएको छ।

स्थानीय नागरिकहरूका अनुसार, “सदरमुकामका केही व्यक्तिले देखेनन् होला, तर गाउँले बाँकेबासीले उहाँको काम अनुभूत गरेका छन्।”

Advertisement

सुशासन र पारदर्शी प्रशासनको नमुना बनेका सिडिओ धर्मराज जोशी अहिले बाँकेका जनताबीच ‘इमानदार प्रशासक’को रूपमा चर्चित बनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0