शिक्षा, भर्खरै, समाचार, समाचार

गोल्डेन एबीसी एकेडेमी : दुई दशकमै शैक्षिक उत्कृष्टता र व्यवस्थापनमा उदाहरण

०९, असोज २०८२ बिहिवार 

बाँके, नेपालगञ्ज – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ सल्यानीबागस्थित गोल्डेन एबीसी एकेडेमी बाँके हाईस्कूलले आफ्नो शैक्षिक यात्रा सुरु गरेको करिब दुई दशक नपुग्दै अभिभावक र विद्यार्थीहरूको मन जित्न सफल भएको छ ।

२०६५ सालमा स्थापना भएको यो विद्यालयले सुरुवाती दिनदेखि नै उत्कृष्ट र यस बर्षदेखि सतप्रतिशत नतिजा दिंदै आएको छ । यही कारणले विद्यालय अभिभावकको पहिलो रोजाइमा पर्न सफल भएको छ ।

हालै मात्र २०८१ सालमा कक्षा ८ र एसईईमा दिएको नतिजाले विद्यालयको स्तर झनै प्रष्ट पारेको छ । कक्षा ८ मा १०५ जना विद्यार्थीमध्ये १८ जनाले ४ जीपीए, ७५ जनाले ए प्लस ल्याएका थिए । त्यस्तै, एसईईमा सहभागी ८१ विद्यार्थीमध्ये २५ जनाले ए प्लस, ५२ जनाले ए र बाँकी ४ जनाले उत्तिण भएको विद्यालयले फेरि एकपटक शतप्रतिशत सफलता कायम गरेको छ ।

अभिभावकहरू यस उपलब्धिमा निकै खुसी छन् ।शिक्षामा मात्र होइन, अतिरिक्त क्रियाकलापमै पनि अगाडि

विद्यालयले शैक्षिक उपलब्धिमा मात्रै नभई अतिरिक्त क्रियाकलापमा समेत उल्लेखनीय सफलता पाउँदै आएको छ।

खेलकुद, स्वास्थ्य, कला लगायतका क्षेत्रमा विद्यालयका विद्यार्थीले स्थानीयदेखि राष्ट्रियस्तरसम्मका प्रतियोगितामा गोल्ड मेडलसहित अनेकौं पुरस्कार जितेका छन् । विद्यालयले आयोजना गरेको वा अन्य संस्थाले आयोजना गरेका कार्यक्रमहरूमा समेत गोल्डेन एबीसीका विद्यार्थीले उत्कृष्ट प्रदर्शन गर्दै विद्यालयको प्रतिष्ठा बढाएका छन् ।

अभिभावक समिर अली र फिरोज वार्सी भन्छन्, “गोल्डेन एबीसीमा छोराछोरी पढाउनु नै ठुलो कुरा हो । विद्यालयले पढाइ मात्र होइन, अन्य क्षेत्रमा समेत छोराछोरीलाई उजागर गर्न सक्ने अवसर दिएको छ ।”

Advertisement

शिक्षकको खुसीमै विद्यार्थीको खुसी विद्यालयका सञ्चालक विकास बहादुर सिंहका अनुसार गुणस्तरिय शिक्षा दिन सक्ने आधार नै शिक्षकको मनोबल हो ।

त्यसैले विद्यालयले सबैभन्दा पहिला शिक्षकलाई समयमा पारिश्रमिक दिने कुरामा जोड दिएको छ । हाल करिब ९० जना शिक्षक तथा कर्मचारी स्थायी रूपमा काम गरिरहेका छन् । उनीहरूको पारिश्रमिक १२ हजारदेखि ८० हजारसम्म रहेको छ । सिंह भन्छन्, “शिक्षक खुसी भए मात्र विद्यार्थी खुसी हुन्छन् ।

त्यसैले शिक्षकको पारिश्रमिकदेखि गाडी सुविधा सम्म व्यवस्थित गरेका छौं । यसमा ठूलो खर्च भए पनि गुणस्तरिय शिक्षाको लागि आवश्यक भएकाले विद्यालयले यसलाई प्राथमिकता दिएको छ ।” व्यवस्थापनमा चुनौती र समाधान

Advertisement

करिब १६ सय विद्यार्थी अध्ययनरत यो विद्यालयको आयस्रोत मुख्यतः शिक्षा ऐनअनुसार लिइने मासिक शुल्क र अन्य शुल्क नै हो । विद्यालय सञ्चालनमा मासिक खर्च ठूलो भए पनि कहिलेकाहीँ शुल्क संकलनमा चुनौती आउने गरेको सञ्चालक सिंहले बताए ।

“केही अभिभावकबाट समयमै शुल्क नआउँदा तलब र व्यवस्थापनमा चुनौती आउँछ । तर शिक्षकलाई समयमा पारिश्रमिक दिनु नै हाम्रो पहिलो दायित्व हो । अभिभावकलाई बारम्बार सम्पर्क गर्दा कतिपयले फोन उठाउँदैनन्, सम्पर्कमै आउँदैनन् । यस्ता अवस्थामा पनि हामीले विद्यार्थीलाई सामान्य व्यवहार गरेर मात्र शुल्क बुझाउन प्रेरित गर्ने गर्छौं,” सिंहले भने ।

अभिभावक जुनैद खान, वहाँको छोरी कक्षा ३ मा अध्ययनरत छिन्, भन्छन – “कहिलेकाहीँ शुल्क तिर्न ढिलाइ भए पनि विद्यालयले धैर्यपूर्वक पर्खिने गर्दछ यसपालि अलि ढिला भएको थियो । अहिले मैले बाँकी शुल्क तिरेको छु र विद्यालयप्रति कुनै गुनासो छैन ।” विद्यालयप्रति मैले आवेगमा आएर मैले गुनासो पोखे जुनेदले भने त्यसको लागि म दुखि छु भविष्यप्रतिको दृष्य स्थापना देखिनै उत्कृष्ट परिणाम ल्याउँदै आएको गोल्डेन एबीसी एकेडेमीले शैक्षिक क्षेत्रमा अझै नवीनता ल्याउने योजना अघि सारेको छ । गुणस्तरिय शिक्षासँगै विद्यार्थीलाई सामाजिक, सांस्कृतिक र प्राविधिक रूपमा सक्षम बनाउनेतर्फ विद्यालयको लक्ष्य रहेको सञ्चालक सिंहले बताए ।

“विद्यालयको प्रत्येक गतिविधि गुणस्तरमा केन्द्रित छ । अभिभावक र विद्यार्थीलाई सन्तुष्ट पार्ने हाम्रो दीर्घकालीन लक्ष्य हो,” सिंहले थपे । गोल्डेन एबीसी एकेडेमी बाँके आज शैक्षिक उत्कृष्टता, अतिरिक्त क्रियाकलापमा अग्रसरता, शिक्षक र विद्यार्थीबीचको आत्मीय सम्बन्ध तथा व्यवस्थित व्यवस्थापनका कारण बाँकेको मात्र होइन, प्रदेशको नामचलनमा अघिल्लो पंक्तिमा उभिएको देखिन्छ ।

गोल्डेन एबीसी एकेडेमी बाँके हाईस्कूल “क” वर्गको विद्यालय हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
0
+1
0
+1
0