समाचार, भर्खरै, समाचार

नेपाल पत्रकार महासंघ बाँकेले शुभकामना आदानप्रदान र वेबसाइट शुभारम्भ एकैसाथ

०८ असोज २०८२ बुधबार 

बाँके, नेपालगञ्ज – नेपाल पत्रकार महासंघ बाँकेले आज एकैसाथ बडादशैँ, तिहार, नेपाल संवत ११४६ र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ र आफ्नो आधिकारिक वेबसाइटको औपचारिक शुभारम्भ गरेको छ।

सञ्चारग्रामस्थित महासंघको कार्यालयमा आयोजित कार्यक्रममा पत्रकार महासंघका पदाधिकारी तथा विभिन्न पत्रकार संगठनका प्रतिनिधिहरूबीच आपसी शुभकामना आदानप्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले वेबसाइटको औपचारिक शुभारम्भ गर्दै वर्तमान जटिल परिस्थितिमा पत्रकारहरूले अझ संवेदनशील भएर प्रेस स्वतन्त्रताको पक्षमा एकजुट हुनुपर्नेमा जोड दिनुभयो।

Advertisement

कार्यक्रममा डब्लु डब्लु जे बाँकेका अध्यक्ष बिमला चौधरी, प्रेस सेन्टर बाँकेका सह–सचिव सन्तोष बिष्ट, समाजवादी पत्रकार संघ बाँकेका अध्यक्ष लोकनाथ शर्मा, प्रेस चौतारी बाँकेका अध्यक्ष कमल डागी, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालसहित अन्य संघ–संस्थाका प्रतिनिधिहरूले आफ्ना धारणा राखेका थिए।

कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले गर्नुभएको थियो।

नेपाल पत्रकार महासंघ बाँकेले अब आफ्नै वेबसाइटमार्फत सदस्य र पत्रकार समुदायबीच द्रुत समाचार प्रवाह, सूचना आदानप्रदान र समसामयिक गतिविधि साझा गर्ने लक्ष्य राखेको छ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0