०१ असोज २०८२ बुधबार
युसुफ अन्सारी,
बाँके, नेपालगञ्ज – नेपालगञ्जमा हराइरहेका ३ वर्षीय बालकलाई वडा प्रहरी कार्यालयले सुरक्षित उद्दार गरेको छ। वडा नं. ५ का अध्यक्ष शराफत हुसैन शेखको सक्रिय पहलमा प्रहरी टोलीले खोजतलास गर्दै बालकलाई फेला पारेको हो।
नेपालगन्ज–४ स्थित साहाबा मस्जिद नजिक सोमबार दिउँसो करिब २ बजे बालक जिशान कुरैशी भेटिएका थिए। उद्दारपछि उनलाई नेपालगन्ज–१ निवासी आमा रुक्साना कुरैशीको जिम्मा लगाइएको वडा प्रहरी कार्यालयका प्रमुख अरुण बमले जानकारी दिनुभयो।
सुरक्षित उद्दारप्रति स्थानीयवासीले वडा प्रहरी र समुदायिक सहकार्यको सराहना गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1