०३ भदौ २०८२ मगंलवार
काठमाडौं – पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका हुन् ।
आज बिहानको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका काम, कारबाहीबारे संक्षिप्त जानकारी गराएको बताउदै सापकोटाले सरकार झनझन अधिनायकवाद, तानाशाहीकरणतिर गइरहेको माओवादीको निष्कर्ष रहेको बताए ।
उनले सरकारको कामबाट जनता धेरै रुष्ट र आक्रोशित भएको बताउदै सरकारले देश, जनताको हित विपरित गलत कदम चालेर अघि बढिरहेको आरोप समेत लगाए । उनले भूमि विधेयकमा आफ्ना मान्छेलाई जग्गा बाँड्न अनेक प्रपञ्च गरिरहेको बताउदै सरकारको अलोकतान्त्रिक र अधिनायकवादी चरित्रले गर्दा व्यवस्थामै असर परिरहेको समेत बताए ।
सापकोटाले बैठक बुधबार १ बजे पुनः बस्ने जानकारी दिएका छन् ।