जीवनशैली, भर्खरै, समाचार, समाचार

पत्रकार रामु ओली ‘नयनराज रावल स्मृति पुरस्कार’बाट सम्मानित

२९ श्रावण २०८२ बिहीबार 

नेपालगन्ज, २९ साउन ।

लागुऔषध दुर्व्यसनविरुद्ध कलम चलाउँदै सामाजिक पुनःस्थापनाका लागि सक्रिय पत्रकार रामबहादुर ओली (रामु)लाई ‘नयनराज रावल स्मृति पुरस्कार तथा सम्मान’ प्रदान गरिएको छ।

दमयन्ती फाउन्डेसन नेपालद्वारा स्थापना गरिएको रु १० हजार एक राशिको यो पुरस्कार बिहीबार फाउन्डेसनकी अध्यक्ष तथा स्व. रावलकी धर्मपत्नी इन्दिरा कुमारी जिसी रावलको अध्यक्षतामा सम्पन्न नवौं स्मृति दिवसको अवसरमा प्रदान गरिएको हो। कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्ट, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, जिल्ला प्रहरी प्रमुख रामप्रसाद घर्ती, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी, डा. संकेत रिसालसहित विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो।

पुरस्कार ग्रहण समारोहमा वक्ताहरूले स्व. रावलको समाज सेवाप्रति समर्पण र लागुऔषध दुर्व्यसनविरुद्धको अभियानलाई स्मरण गर्दै, यस क्षेत्रमा सबैले मिलेर दीर्घकालीन पहल गर्नुपर्नेमा जोड दिए।

Advertisement

नगरप्रमुख बिष्टले असल कार्यका लागि हरेक वर्ष प्रेरणादायी व्यक्तित्वलाई सम्मान गर्दै आएको फाउन्डेसनलाई धन्यवाद ज्ञापन गरे भने, अध्यक्ष जिसीले श्रीमानको निधनपश्चात फाउन्डेसनमार्फत सामाजिक सेवा निरन्तर गर्दै आएको र कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।

लामो समयदेखि पुनःस्थापना क्षेत्रमा सक्रिय रावलको २०७३ साउन २९ गते विद्युत् करेन्ट लागेर निधन भएको थियो। २०७४ देखि प्रदान हुँदै आएको यो पुरस्कार विभिन्न सामाजिक अभियन्ता तथा संस्थाहरूलाई प्रदान गरिएको छ — जसमा कृष्ण लामा, होम जंग शाही, निल सागर आश्रम, समाज विकास तथा प्रवर्द्धन केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्र, अञ्जनी माता रसोई, प्रयास फाउन्डेसन बाँके, डा. संकेत रिसाल र प्रविण बिसी सम्मिलित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement