समाचार, भर्खरै, व्यापार, समाचार

नागढुङ्गा सुरूङ मार्गको दस्तुर तोकियो

२९ श्रावण २०८२ बिहीबार 

काठमाडौं । सरकारले नागढुङ्गा सुरूङ मार्गको दस्तुर तोकेको छ । निर्माणको अन्तिम चरणमा रहेको नागढुङ्गा सुरूङ मार्गको दस्तुर मन्त्रिपरिषद्को बैठकले तोकेको हो ।

जसअनुसार कार/भ्यानहरू काठमाडौं आउँदा ६५ रुपियाँ र जाँदा ६० रुपैयाँ तोकिएको छ भने मिनी बस-ट्रक काठमाडौं आउँदा ११५ र बाहिर जाँदा ८० रूपैयाँ व्यवस्था गरिएको छ ।

त्यसैगरी बस र ट्रकको काठमाडौं आउँदा २६० रुपैयाँ तोकिएको छ भने बाहिर जाँदा २०० तोकिएको छ । त्यस्तै भारी उपकरणसहितका सवारी साधन काठमाडौं आउँदा ६०० र बाहिर जाँदा २५० रुपैयाँ तोकिएको छ ।

Advertisement

त्यस्तै सुरुङमार्गबाट मोटरसाइकल चलाउन भने नपाइने भएको छ । २.६ किमि लम्बाइको नागढुंगा सुरुङमार्गको कुल लागत २२ अर्ब रहेको छ, जसमा जापान सरकारको १६ अर्ब सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement