जीवनशैली, भर्खरै, व्यापार, समाचार, समाचार, स्वास्थ

नेपालगञ्जमा प्रहरीमाथि इँटा प्रहार, गोली चलाएर २६५ ग्राम खैरो हेरोइनसहित ४ जना पक्राउ

३० श्रावण २०८२ शुक्रबार 

बाँके, नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका–४ मा लागुऔषध कारोबारमा संलग्न समूहलाई नियन्त्रण गर्न खोज्दा प्रहरीले गोली चलाउनुपरेको छ।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जको टोलीले शंका लागेर खानतलासी गर्ने क्रममा प्रहरीमाथि इँटा प्रहार भएपछि कारबाही स्वरूप गोली चलाएर चार जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा उपमहानगरपालिका–५ का अमन साह (२२) र भाइजन अन्सारी (२६), भारतको बहराइच रुपैडिया थानाका अजयकुमार (२०) र कार्त्तिककुमार (२०) छन्।

Advertisement

घटनामा एकजना प्रहरी घाइते भएका छन् भने कार्त्तिककुमारको दायाँ खुट्टामा गोली लागेको छ। उनको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट प्रहरीले २६५ ग्राम खैरो हेरोइन बरामद गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
0
+1
1
+1
0
+1
0

Advertisement