खेलकुद, भर्खरै, राजनीति, समाचार, समाचार

किर्तिपुरमा क्रिकेट रंगशाला सँगै हेर्न जान प्रधानमन्त्री ओलीको प्रचण्डलाई प्रस्ताव

२८ श्रावण २०८२ बुधबार 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले किर्तिपुरमा क्रिकेट रंगशाला बनेन भनेर प्रश्न गर्नेहरुलाई रंगशाला हेर्न संगै जान आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले किर्तिपुरस्थित क्रिकेट रंगशालाको निर्माण कार्य अन्तिम चरणमा रहेको बताउदै बनेन भनेर प्रश्न गर्नेलाई सँगै गएर हेर्न प्रस्ताव गरेका हुन् ।

उनले संसदीय समितिले जस्तै किर्तिपुर गएर हेर्न आग्रह गर्दै मिल्छ भने मिलाएर सँगै जान पनि सकिने बताए ।

Advertisement

प्रधानमन्त्री ओलीले यस अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा किर्तिपुरको रंगशाला नबनेको भन्दै गरेको प्रश्नतर्फ इंगित गर्दै जवाफ दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement