भर्खरै, राजनीति, समाचार, समाचार

राप्रपाको युवा संगठन काठमाडौंको अधिवेशनमा लफडा, स्थगित गरेर बाहिरिए अध्यक्ष : लिङदेन

२८ बुधबार २०८२ 

काठमाडौँ । राप्रपाको युवा संगठन काठमाडौंको अधिवेशनमा लफडा भएको छ । अधिवेशन शुरु नहुदै युवाहरुबीच झडप भएको थियो ।

कार्यक्रममा उपस्थित रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले विवाद रहेका विषय अधिवेशनको बन्दसत्रमा राख्न आग्रह गरेका थिए । उनले अधिवेशन शुरु नै नहुदै नाराबाजी नगर्न आग्रह गरेका थिए।

उनले यो विषयलाई नोटिसमा लिएको भन्दै मिसनमा रहेको पार्टीमा यस्तो क्रियाकलाप नगर्न आग्रह गरे ।

Advertisement

तर युवाहरुले नाराबाजी जारी राखेपछि अध्यक्ष लिङदेनले जिल्ला अधिवेशन स्थगित भएको घोषणा गरेर बाहिरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement