भर्खरै, समाचार, समाचार

शमशेरगञ्जमा ट्रक र टिप्पर ठोक्किँदा एक जनाको मृत्यु,एक जना घाइते

२८ श्रावण २०८२ बुधबार 

बाँके, शमशेरगञ्ज – पूर्व-पश्चिम महेन्द्र राजमार्गको बाँकेको राप्तिसोनारी गाउँपालिका-२ स्थित सम्सेरगन्ज (माथेबास-जिरो सडक खण्ड) खण्डमा ट्रक र टिप्पर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

बाँकेको राप्तीसोनारी गाउँपालिका-२, मुगुखा खोला नजिक आज बिहान ना ५ ख ३६१० नम्बरको ट्रक र भे १ ख ३१६९ नम्बरको टिप्पर ठोक्किँदा टिप्परमा सवार राप्तीसोनारी-१, सिक्टाका ३५ वर्षीय भुवबहादुर खत्रीको मृत्यु भएको हो 

टिप्परमा सवार कोहलपुर-१५ का २५ वर्षीय सुदीप चौधरी घाइते भएका छन् । उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहको छ । खत्रीको शव भेरी अस्पताल, नेपालगञ्जमा ल्याइएको छ ।

Advertisement

ट्रक र टिप्पर कोहलपुरतर्फ आइरहेको थियो । पछाडिबाट टिप्परले ट्रकलाई ठक्कर दिंदा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement