भर्खरै, समाचार, समाचार

रासायनिक मल अभावविरुद्ध वाइसीएल नेपाल बाँकेको कडा चेतावनी : आन्दोलनको चेतावनीसहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइयो

१२ साउन २०८२ सोमबार 

बाँके, नेपालगञ्ज – देशभरिका किसानहरूले भोगिरहेको रासायनिक मलको चरम अभावका विरुद्ध युवा संगठन योङ कम्युनिष्ट लिग, नेपाल (YCL) बाँकेले सशक्त आवाज उठाउँदै बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ।

वाइसीएल नेपाल बाँके अध्यक्ष नरेन्द्र ददेलको नेतृत्वमा गएको टोलीले कृषिमा अत्यावश्यक मलको पहुँच अभावले लाखौं कृषक मर्कामा परेको भन्दै तत्काल समाधानको माग गरेको हो। संगठनले मल आपूर्तिमा भएको असमानता, दलाली, कमिसन र कालोबजारी जस्ता विकृति–विसंगतिप्रति गहिरो चिन्ता व्यक्त गर्दै तत्काल आपूर्ति नखुल्ने हो भने देशव्यापी आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ।

Advertisement

ज्ञापनपत्र बुझाउने कार्यक्रममा वाइसीएल नेपालका केन्द्रिय सचिवालय सदस्य किस्मत आली शेष (जीत) को प्रमुख उपस्थिति रहेको थियो। साथै, बाँके अध्यक्ष नरेन्द्र ददेल, सचिव विजय बर्मा, प्रदेश समिति सदस्य दिनेश थापा, जिल्ला कोषाध्यक्ष मरुफ शेष तथा अन्य जिल्ला समिति सदस्यहरूको उपस्थिति थियो।

“मलको अभाव योजनाबद्ध षड्यन्त्र हो, तत्काल समाधान नगरे आन्दोलन तीव्र बनाइन्छ” – वाइसीएल नेपाल

वाइसीएलले यस अभियानलाई ‘श्रम र उत्पादनमा वाइसीएल’ नारासहित अघि बढाउँदै आएको र किसानको पक्षमा सदैव प्रतिवद्ध रहने प्रतिबद्धता दोहोर्‍याएको छ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0