भर्खरै, राजनीति, समाचार, समाचार

योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपाल बाँकेको नेतृत्वमा नरेन्द्र ददेल निर्वाचित

११ साउन २०८२ आइतबार 

नेपालगञ्ज, बाँके 

योङ कम्युनिस्ट लिग (YCL) नेपाल, बाँके जिल्ला समितिको अध्यक्षमा नरेन्द्र ददेल निर्वाचनमार्फत विजयी भएका छन्। अन्य सबै पदाधिकारी र सदस्यहरू सर्वसम्मतिबाट चयन भएका छन्।

उक्त निर्वाचनमा अध्यक्ष बाहेकका सबै पदाधिकारीहरू सर्वसहमतिबाट निर्वाचित भएका हुन्। उपाध्यक्षमा कविता चौधरी, दिपक गिरी र शेर बहादुर खड्का चयन भएका छन्। सचिवमा बिजय कुमार कुर्मी तथा सह-सचिवमा कुमार श्रीस, दीपशिखा दाहाल र मो. हारुन अली जागा निर्वाचित भएका छन्। मारुफ शेष कोषाध्यक्ष पदमा चयन भएका छन्।

त्यस्तै गरी कार्यसमितिमा करिब ५० जना सदस्यहरू पनि सर्वसम्मतिले चयन गरिएका छन्। सदस्यहरूमध्ये अविसरा बि.क (सपना), अजित यादव, अनन्त राम थारु, गगन भण्डारी, कविता शाही, निर्मला थारु, सोममाया घलान, समिर दार्जी, सलिम हलवाई, सैराज सलमानी लगायत युवा, महिलाहरू तथा विविध जाति, वर्ग र समुदायका प्रतिनिधित्व रहेको देखिन्छ।

Advertisement

निर्वाचन प्रक्रियामा सहभागी सबै पक्षहरूको सहकार्य र एकताको भावना अनुसार पदाधिकारीहरूको चयन गरिएकोमा निर्वाचन समितिले खुसी व्यक्त गरेको छ।

यो निर्वाचनले संगठनभित्र लोकतान्त्रिक अभ्यास, समावेशिता र सहमतिकाे सशक्त सन्देश दिएको बताइएको छ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
0