भर्खरै, व्यापार, समाचार, समाचार

मिडिया र निजी क्षेत्रबीच सहकार्यका लागि ऐतिहासिक प्रतिबद्धता, उद्योग र सञ्चारलाई परिपूरक बनाउँदै अघि बढ्ने सहमति

०९ साउन २०८२ शुक्रबार 

बाँके, नेपालगन्ज  — बाँकेका अग्रणी उद्योगी–व्यवसायी र जिल्लामा सक्रिय पत्रकारबीच सम्पन्न वृहत अन्तरक्रिया कार्यक्रमले मिडिया र निजी क्षेत्रबीच दीगो सहकार्य र आपसी समझदारीको नयाँ युगको थालनी गरेको छ।

नेपाल पत्रकार महासंघ बाँके र नेपालगन्ज उद्योग वाणिज्य संघको संयुक्त पहलमा आयोजित कार्यक्रममा दुबै पक्षले आर्थिक विकास, सूचना प्रवाह, पारदर्शिता र विश्वसनीयताको साझा उद्देश्यसहित हातेमालो गर्ने प्रतिबद्धता जनाएका हुन्।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीले उद्योग व्यवसाय र मिडियालाई एक–अर्काका परिपूरक अंगको रूपमा चिनाउँदै, समाज र अर्थतन्त्रको स्थायित्वका लागि पत्रकारिता र निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको बताए।

नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेका अध्यक्ष टंकबहादुर धामीले भने, “ब्राण्ड निर्माणदेखि उपभोक्ता साक्षरतासम्म, व्यवसायिक सञ्जाल विस्तारदेखि नीति निर्माणमा प्रभाव पुर्‍याउनसम्म मिडियाको भूमिका अतुलनीय छ। हामी मिडियासँग व्यवसायिक सम्बन्धलाई अझ पारदर्शी, दीगो र मर्यादित बनाउनेछौं।”

कार्यक्रममा साझा रूपमा निम्न विषयमा सहमति जनाइएको छ:

उत्पादन, सेवा र प्रविधिको प्रचारमा मिडियाको सकारात्मक भूमिका सुदृढ बनाइने

Advertisement

गलत सूचना र अफवाह रोक्न सही समयमै सूचना आदानप्रदान गरिने

झूटा सूचना प्रवाह गर्ने नक्कली मिडिया र स्वघोषित पत्रकार विरुद्ध कठोर कदम चालिने

विज्ञापनमार्फत मिडियासँग व्यवसायिक सम्बन्धलाई विधिवत् निरन्तरता दिइने

Advertisement

साझा सरोकारका विषयमा सम्पूर्ण मिडिया क्षेत्रको कभरेजमार्फत जनचेतना अभिवृद्धि गरिने

कार्यक्रमले बाँके जिल्लामा मिडिया र निजी क्षेत्रबीच विश्वासको पुल थप सुदृढ बनाएको मात्र होइन, समृद्ध र उत्तरदायी समाज निर्माणमा दुबै पक्षको योगदान सुनिश्चित गर्ने दिशातर्फ महत्वपूर्ण पाइला चालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0