भर्खरै, समाचार, समाचार

अनलाइन पत्रकारिता क्षेत्रमा नयाँ युगको सुरूवात: ‘एआइ आचारसंहिता २०८२’ सार्वजनिक

०५ साउन २०८२ सोमबार 

काठमाडौं, – अनलाइन पत्रकारिता क्षेत्रलाई थप मर्यादित, पारदर्शी र उत्तरदायी बनाउने उद्देश्यसहित अनलाइन टिभी पत्रकार संघ नेपालले आज काठमाडौँको अनामनगरमा भव्य समारोहका बीच “एआइ आचारसंहिता २०८२” सार्वजनिक गरेको छ।

कृत्रिम बौद्धिक क्षमता (एआइ) को बढ्दो प्रयोगसँगै अनलाइन पत्रकारितामा देखा परेका नैतिक र व्यावसायिक चुनौतीहरूलाई सम्बोधन गर्ने यो दस्तावेज ऐतिहासिक मानिएको छ।

कार्यक्रममा विज्ञहरूद्वारा एआइको प्रयोग, त्यसबाट उत्पन्न हुने सम्भावना र चुनौतीबारे विचार प्रस्तुत गरिँदै पत्रकारितामा प्रविधिको जिम्मेवार उपयोगका उपायहरूमा विशेष जोड दिइयो।

संघले प्रस्तुत गरेको ‘एआइ आचारसंहिता’मा मुख्यतया तीन आधारभूत मापदण्ड समावेश छन्:

पारदर्शिता र जवाफदेहिता: एआइबाट उत्पादित सामग्रीको स्रोत तथा प्रक्रिया स्पष्ट उल्लेख गर्नुपर्ने।

नैतिकता र निष्पक्षता: मानव अधिकार, गोपनीयता र सामाजिक समरसता सुनिश्चित गर्ने।

Advertisement

गलत सूचना नियन्त्रण: विद्वेष, भ्रम र भेदभावजन्य सामग्रीविरुद्ध कडा नीति अपनाइने।

संघका अध्यक्ष एवं एआइ आचारसंहिता संयोजन समितिका प्रमुख जीवन भण्डारीले भने, “एआइको प्रयोग पत्रकारितामा अभिन्न बन्दै गएको छ। हामीले यसको मर्यादित, उत्तरदायी र सकारात्मक उपयोग सुनिश्चित गर्न यो आचारसंहिता सार्वजनिक गरेका हौं।”

दस्तावेजलाई समयअनुसार परिमार्जन गर्दै सरोकारवालाको सुझाव समेत समेटिने जनाइएको छ।

Advertisement

कार्यक्रममा सहभागी पत्रकार, अनुसन्धानकर्ता र नीति निर्माता सबैले यो कदमलाई डिजिटल पत्रकारितामा विश्वास, नैतिकता र विश्वसनीयता बढाउने दिशातर्फको ऐतिहासिक पहलका रूपमा स्वागत गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0