व्यापार, समाचार, समाचार

पुरानो लेनदेनलाई आधार बनाएर धम्की र ब्ल्याकमेलको आरोप

०४ साउन २०८२ आइतबार 

बाँके, नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिका वडा नं. १९ आलानगरकी स्थायी बासिन्दा अमृता क्षेत्रीले आफ्नो भोगचलनको जग्गा अर्कैले जवरजस्ती जोतभोग गर्दै आएको भन्दै गम्भीर आपत्ति जनाउनुभएको छ । विगत लामो समयदेखि आफ्नै भनिएको १७ कठ्ठा जग्गा जोत्दै आउनुभएकी अमृताले स्थानीय भरत गौतमसँग घरायसी कारण विदेश जानुअघि ३ वर्षका लागि एउटा प्लट २० हजार रुपैयाँमा भाडामा दिएकी थिइन् ।

अमृताको भनाइ अनुसार उक्त रकम आफूले फिर्ता दिइसकेकी थिइन् तर हाल सोही पुरानो सम्झौता देखाउँदै केही व्यक्तिहरूले धम्कीपूर्ण शैलीमा जग्गा कब्जा गर्न खोजिरहेका छन् । पैसा लेनदेनको भाकासंगै दिनुपर्ने रकम पनि फिर्ता दिईएको छ । जग्गाको कारोबार “तीन वर्ष बितिसकेको छ, रकम पनि फिर्ता दिइसकेकी छु । तर अहिले भोजराज शर्मा र अन्य केही व्यक्तिहरूले मलाई ब्ल्याकमेल गर्दै जग्गा अर्कैलाई जोत्न लगाईरहेका छन । “ अमृताको भनाई छ ।

जग्गाको विषयमा अमृताले भरतसँग पुरानो लेनदेन भएको स्वीकार गरे पनि सो कागजात आफूले हेर्न नपाएको र विश्वासकै आधारमा सम्झौता भएको बताउँछिन् । उहाँको दाबी अनुसार अहिले प्रयोगमा ल्याइएका कागजमा उल्लेखित मितिमा नै लेनदेन गर्ने व्यक्तिको जन्म पनि भइसकेको थिएन । “कागजात हेर्दा लाग्छ, त्यो मितिमा त कागज गर्ने व्यक्ति जन्मेकै थिएन, यस्तो नक्कली कागज बनाएर मलाई फसाउने प्रयास भइरहेको छ,“ अमृताको आरोप छ ।

Advertisement

उक्त जग्गा हाल स्थानीय भोजराज शर्माको निगरानीमा अर्कैले जोतभोग गरिरहेको छ । भोजराजले भने आफू चौकीदारको रूपमा मात्रै काम गरिरहेको र आफ्नो कुनै व्यक्तिगत स्वार्थ नभएको दाबी गर्नुहुन्छ । उहाँका अनुसार केशव श्रेष्ठले आफूलाई जग्गा हेर्न भनेका थिए । तर, स्थानीय बासिन्दाले भने भोजराजको भूमिकामा प्रश्न उठाएका छन् । “चौकीदारले यति ठूला निर्णय गर्ने अधिकार हुँदैन, कतै भोजराज स्वयं संलग्न छन् कि भन्ने आशंका छ,“ एक स्थानीयले प्रतिक्रिया दिनुभयो ।

यता आफूलाई वकिल बताउने केशव श्रेष्ठले भने यो विषय कानुनी ढंगबाट समाधान हुनुपर्ने बताउनुभएको छ । “२० वर्षअघि अमृता क्षेत्रीसँग भरत गौतमको लेनदेन भएको हो, मेरोमा सबै प्रमाण छन्,“ श्रेष्ठले भन्नुभयो । तर अमृताले भने स्पष्ट रूपमा आरोप लगाउँदै आएकी छन् कि भोजराज र अन्य केही व्यक्तिहरूको मिलेमतोमा जग्गा कब्जा गर्न खोजिएको छ ।

घटनाप्रति स्थानीयवासी पनि चिन्तित देखिन्छन् । “एलानी जग्गा बेचविखन हुँदैन भन्ने सबैलाई थाहा छ, चिनजानको भरमा भएको पुरानो लेनदेनलाई आधार बनाएर धम्की दिने काम स्वीकार्य हुँदैन,“ एक स्थानीयले बताउनुभयो । उनीहरूको भनाइमा अमृताले नै बर्षौंदेखि उक्त जमिन जोतेको देखेका छन् । अब यो विवाद कानुनी प्रक्रियाबाट समाधान हुनेछ कि स्थानीय तहबाट समाधान खोजिनेछ, त्यो हेर्न बाँकी छ । तर यतिबेला अमृता क्षेत्री भने आफूले पाएको अन्यायविरुद्ध न्याय खोजिरहेकी छन् । यता २० बर्ष अगाडी जग्गाको विषयमा २० हजार लेनदेन भएको आफुलाई वकिल बताउने केशव श्रेष्ठले बताउनुभयो । मसंग लेनदेनको सवै प्रमाण छ केशवले भन्नुभयो । यो सवै कानुनी प्रक्रियाबाट हल हुन्छ उहाँले भन्नुभयो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0