०४ साउन २०८२ आइतबार
काठमाडौं, — मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा ‘अहिराज’ बलात्कार आरोपमा पक्राउ परेका छन्। उनलाई आइतबार काठमाडौंबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले पुष्टि गरेको छ।
२३ वर्षीया एक युवतीले आफ्नै निवासमा बलात्कार गरेको आरोपमा जाहेरी दिएकी थिइन्। उक्त उजुरीका आधारमा काठमाडौं जिल्ला अदालतले गत चैत २५ गते पक्राउ पुर्जी जारी गरेको थियो।
प्रहरीले अदालतबाट पाँच दिनको म्याद लिई अहिले अनुसन्धान अघि बढाइरहेको जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उजुरीकर्तामाथि पनि ‘आपराधिक लाभ’ सम्बन्धी मुद्दा दर्ता गरिएको थियो। तर सो मुद्दामा ती युवती हाजिरी जमानीमा रिहा भइसकेकी छन्।
राजेश अहिराज सन् २०२१ (वि.सं. २०७७ फागुन ७) मा मधेस प्रदेशको प्रदेश प्रमुखमा नियुक्त भएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1