३२ असार २०८२ मगंलवार
बाँके, नेपालगञ्ज – अनलाइन टिभी पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेशले संघका सहसचिव तथा जनगर्जन नेटवर्कका सञ्चालक मनबहादुर सहकारीलाई तत्काल निलम्बन गरेको छ।
उहाँ प्रहरी नियन्त्रणमा परेको खबर सार्वजनिक भएपछि संघले पत्रकारिता पेशाको गरिमा, संगठनको मर्यादा र आचारसंहिता जोगाउने उद्देश्यले उक्त निर्णय गरेको हो।
संघकी सचिव साबित्री गिरीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “संघमा कानुन र आचारसंहिता पालना गर्ने पत्रकार मात्र रहनेछन्। पत्रकारिताको नाममा विकृति, अनुशासनहीनता र अवैध गतिविधिलाई कदापि सहन सकिँदैन।”
संघले आफ्ना सम्पूर्ण सदस्यहरुलाई पेशागत जिम्मेवारी र नैतिकताको उच्च मानकमा रहेर कार्य गर्न आग्रह गर्दै आगामी दिनमा यस्ता घटना दोहोरिए कडा कदम चालिने चेतावनी समेत दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1