व्यापार, समाचार, समाचार

उद्योग व्यवसायी संघ बाँकेद्वारा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

३१ असार २०८२ मगंलवार 

नेपालगंज, बाँके — उद्योग व्यवसायी संघ बाँकेको आयोजनामा नेपाल उद्योग व्यापार महासंघ नेपालको चौथो स्थापना दिवसको अवसरमा मंगलबार साँझ दीप प्रज्वलन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

प्रमुख अतिथि दिपेन्द्र बिष्टको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रमले मुलुकको औद्योगिक विकास, व्यापारिक एकता र आर्थिक समृद्धिप्रतिको प्रतिबद्धतालाई उजागर गरेको छ।

 

संघका पदाधिकारी, उद्योगी–व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि र स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा मुलुकको आर्थिक समृद्धि, औद्योगिक विकास तथा व्यापारिक एकताको सन्देश दिने उद्देश्य राखिएको थियो।

Advertisement

दीप प्रज्वलनको माध्यमबाट व्यवसायिक समुदायबीच एकता, सद्भाव र सहकार्यको भावनालाई अझ सशक्त बनाउने विश्वास कार्यक्रम आयोजकले व्यक्त गरेका छन्।

Advertisement

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0