३१ असार २०८२ मगंलवार
बाँके, कोहलपुर — भारतबाट सुनका गरगहना र नगद चोरी गरी नेपाल फर्किएका ६ जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ।
मिति २०८२ साल असार ३० गते दिउँसो करिब २ बजेतिर प्राप्त विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक रेशमलाल पौडेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले कोहलपुर नगरपालिका–११ मा रहेको होटल न्यु कालिकोटे को कोठा नं. ००८ बाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरू होटलमा कोठा भाडामा लिएर लुकीछिपी बसेका थिए। उनीहरूको साथबाट प्रहरीले १५ तोला २५ लालपथ्थर जडित सुनका गहना र नेपाली रुपैयाँ ७ लाख ८७ हजार नगद बरामद गरेको छ।
पक्राउ पर्ने व्यक्तिहरू:
१. मन बहादुर शाही (४२ वर्ष), रासकोट–१, कालिकोट
२. तेज बहादुर शाही (४२ वर्ष), रासकोट–१, कालिकोट
३. पंकज के.सी. (१८ वर्ष), सान्नी त्रिवेणी–८, कालिकोट
४. सरिता शाही (२८ वर्ष), नरहरीनाथ–९, कालिकोट
५. प्रेम बहादुर खत्री (४५ वर्ष), सान्नी त्रिवेणी–८, कालिकोट
६. अनिता खत्री (३८ वर्ष), सान्नी त्रिवेणी–८, कालिकोट
इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मी खनालका अनुसार, घटनाबारे थप अनुसन्धान भइरहेको छ।