२९ असार २०८२ आइतबार
तनहुँ, – तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित पृथ्वी राजमार्ग सडक खण्डमा चेकजाँचका क्रममा प्रहरी टोलीले दुई जना महिलालाई ठूलो परिमाणको नियन्त्रित लागुऔषधसहित पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा रुपन्देही जिल्ला ओमसतिया गाउँपालिका–५ की ३५ वर्षीया मालती लोध र ५० वर्षीया शिला हरिजन रहेका छन्। उनीहरूले कालो रंगको झोलामा Diazepam, Phenergan र Buprenorphine नामक लागुऔषध लुकाएर ल्याउँदै गरेको अवस्थामा फेला पारिएको थियो।
पक्राउ परेकाहरूको साथबाट Diazepam – ८६६ एम्पुल, Phenergan – ८६६ एम्पुल, र Buprenorphine – ८६६ एम्पुल गरी कुल २,५९८ एम्पुल लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।
हाल उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1