समाचार, समाचार

प्यालेस्टाइनी पक्षमा माओवादी (केन्द्र) सहित बामपन्थी दलहरूको ऐक्यबद्धता: काठमाडौंमा आज संयुक्त प्रदर्शन

२७ असार  २०८२ शुक्रबार  

काठमाडौं, — इजरायली आक्रमणमा झन्डै ५५ हजार निर्दोष प्यालेस्टाइनी नागरिकको ज्यान गएपछि नेपालका १२ वटा बामपन्थी दलहरू आज काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा संयुक्त विरोध प्रदर्शन गर्दैछन्।

साँझ १ बजे सुरु हुने प्रदर्शनमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख बामपन्थी दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चासँगै संसदबाहिर रहेका विभिन्न साना कम्युनिस्ट दल तथा संगठनहरूको सहभागिता रहने छ।

प्रदर्शनमा सहभागी हुने प्रमुख दल तथा संगठनहरू:

नेकपा (माओवादी केन्द्र)

नेकपा (एकीकृत समाजवादी)

राष्ट्रिय जनमोर्चा

नेकपा (मसाल)

नेपाल कम्युनिस्ट पार्टी (नेत्र विक्रम चन्द नेतृत्व)

नेकपा (मोहन वैद्य नेतृत्व)

Advertisement

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल

नेकपा (बहुमत)

Advertisement

नेपाल समाजवादी पार्टी (जसपा)

देशभक्त समाजवादी स्कुल

राजनीतिक सम्वाद अभियान

प्यालेस्टाइनमाथिको निरन्तर आक्रमण, मानवीय संकट र इजरायलको साम्राज्यवादी नीतिको विरोधस्वरूप आयोजना गरिएको यो प्रदर्शनबाट नेपालका बामपन्थी दलहरूले अन्तर्राष्ट्रिय समुदायलाई स्पष्ट सन्देश दिने जनाएका छन्।

शान्ति र न्यायको पक्षमा उठेका स्वरहरू आज रत्नपार्कमा गुञ्जिनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0