राजनीति, समाचार, समाचार

वाईसीएल नेपालको ‘श्रम तथा उत्पादन अभियान’ साउन १ गतेदेखि सुरु, अध्यक्ष प्रचण्डले गर्ने उद्घाटन

२५ असार २०८२ बुधबार 

काठमाडौँ — वाईसीएल नेपालले ‘श्रम तथा उत्पादनमा वाईसीएल’ नामक दुई महिने श्रम अभियान सुरु गर्ने घोषणा गरेको छ। बुधबार भर्चुअल माध्यमबाट बसेको संगठनको दोस्रो केन्द्रीय पूर्ण बैठकले उक्त अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

यसअघि असार १७ र १८ गते भौतिक रूपमा सम्पन्न पदाधिकारी बैठकमा गरिएका निर्णयहरूलाई केन्द्रीय बैठकले अनुमोदन गरेको हो। अभियानको औपचारिक उद्घाटन साउन १ गते हुने छ, जसलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

बैठकमा पार्टी केन्द्रीय सदस्य तथा फ्याक्सन इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले सम्बोधन गर्दै अभियान सफल बनाउन सबैलाई एकताबद्ध भएर लाग्न आह्वान गरेका थिए।

Advertisement

संगठनले प्राकृतिक विपद् व्यवस्थापनलाई पनि प्राथमिकतामा राख्दै ‘विपद् व्यवस्थापन एसटीएफ’ गठन गर्ने निर्णय गरेको छ। वाईसीएल नेपालका अध्यक्ष पुष्प ओलीका अनुसार, विपद् पूर्वतयारीका लागि जनशक्तिलाई तयारी अवस्थामा राख्ने निर्णय समेत गरिएको छ।

उक्त अभियानबाट श्रम, उत्पादन र विपद् व्यवस्थापनको पक्षमा जनचेतना र कार्यान्वयनमा सक्रियता ल्याउने लक्ष्य लिएको वाईसीएल नेपालले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement