राजनीति, समाचार, समाचार

राप्ती सोनारी गाउँपालिकाको तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न, ५ बुँदे प्रतिबद्धता सार्वजनिक

२० असार २०८२ शुक्रबार 

बाँके – राप्ती सोनारी गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गर्दै सुशासन, जवाफदेहिता र नागरिक सहभागिता प्रवर्द्धनका लागि ५ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ।

उत्पीडित सामुदायिक विकास केन्द्रको सहजीकरणमा गाउँपालिकाको सभा हलमा सम्पन्न कार्यक्रममा अध्यक्ष तप्तबहादुर पौडेल, उपाध्यक्ष मनिषा सिंह थारु तथा प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीले संयुक्त रुपमा प्रतिबद्धता जाहेर गरेका हुन्।

कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न शाखा प्रमुखहरू लगायतको उपस्थिति रहेको थियो भने करिब १७० जनाले सहभागी भएर जनस्तरबाट सुझाव र प्रश्नहरू राखेका थिए।

गाउँपालिकाको ५ बुँदे प्रतिबद्धता यस्तो छ:

१. सुशासन र पारदर्शिता: सार्वजनिक जवाफदेहिता प्रवर्द्धन कार्यविधि, २०८० अनुसार कार्यान्वयन गर्दै समग्र पालिकामा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गरिने।

२. पूर्वाधार र खानेपानी: विकट र ठूला वडाहरूमा खानेपानी, सिँचाइ तथा पूर्वाधार विकासमा प्राथमिकता दिइने, निर्माणाधीन योजनाहरू सम्पन्न गर्दै सञ्चालनमा रहेका योजनाको मर्मत र नियमित आपूर्ति सुनिश्चित गरिने।

Advertisement

३. कृषक हित: किसानको तथ्यांक संकलन गरी त्यसकै आधारमा अनुदान, सिँचाइ, पशुसेवा तथा बजारीकरण प्रवर्द्धन गरिने।

४. लक्षित वर्गको सशक्तिकरण: महिला, बालबालिका, अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक, बाडी लगायत समुदायका लागि क्षमता विकास र रोजगारीमुखी कार्यक्रम सञ्चालन गरिने।

५. सेवा प्रवाह सुधार: गाउँपालिका, वडा तथा सेवा केन्द्रहरूमा आवश्यक जनशक्तिको व्यवस्थापनसहित प्रभावकारी सेवा प्रवाह गरिने।

Advertisement

यस सार्वजनिक सुनुवाइ कार्यक्रमलाई स्थानीय जनस्तरमा समावेशी, उत्तरदायी र सहभागितामूलक प्रशासन निर्माणतर्फको महत्वपूर्ण कदमको रूपमा लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0