राजनीति, शिक्षा, समाचार, समाचार

शिक्षा ऐन रोकिएपछि अखिल (क्रान्तिकारी)को आक्रोश : देशव्यापी शैक्षिक हड्तालको घोषणा

२० असार २०८२ शुक्रबार 

काठमाडौं, – शिक्षा ऐन जारी नगरेको विरोधमा नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको छ। संगठनले बिहीबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै सत्तासीन दल एमाले–कांग्रेसलाई शिक्षा क्षेत्रलाई व्यापारीकरणको बाटोमा धकेलेको आरोप लगाएको छ।

संगठनका अध्यक्ष बिरेन्द्र शाहले शिक्षा ऐन सत्तारुढ दलका निकट व्यापारी र बिचौलियाको प्रभावमा परेर रोकिएको बताए। उनले भने, “वर्तमान ओली सरकार बिचौलिया र शैक्षिक माफियाको चलखेलमा परेर शिक्षा गरिबको पहुँचबाट टाढा पुर्याउँदैछ। यदि निःशुल्क, समान र वैज्ञानिक शिक्षा सुनिश्चित गर्ने ऐन आउँदैन भने शैक्षिक माफियाको व्यापारिक महलमा आगो लगाउन पछि पर्दैनौं।”

महासचिव उषाकिरण आजादले आउन लागेको शिक्षा ऐन संविधानको मर्मविपरीत रहेको आरोप लगाउँदै ठूला नेताहरू र सरकारी कर्मचारीका छोराछोरी निजी विद्यालयमा पढ्न नपाउने प्रावधान स्पष्ट रूपमा ऐनमा उल्लेख हुनुपर्ने माग गरे।

पत्रकार सम्मेलनमा उपाध्यक्ष रुपा बुढा मगर, सचिवहरू गोविन्द विष्ट, हरि विष्ट, कोषाध्यक्ष कमला परियारलगायत नेताहरूको उपस्थिति थियो।

संगठनद्वारा घोषणा गरिएका संघर्षका कार्यक्रम:

Advertisement

1. असार २०–२२: संसद र दलका प्रमुखलाई ज्ञापनपत्र बुझाउने

2. असार २३–२४: देशव्यापी कोणसभा

3. असार २६–२७: सरोकारवालालाई पत्राचार गरी जनदबाब

Advertisement

4. असार ३०: प्रदर्शन

5. असार ३२: पुत्ला दहन र मसाल जुलुस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0