१९ असार २०८२ बिहिवार
बाँके, नेपालगन्ज – नेपालको ऐतिहासिक र प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस नेपाल २०२५ को लागि दि हिडेन ट्रेजर ले आवेदन खुला गरेको छ। ३० औं वार्षिकोत्सवको अवसरमा थप भव्यता दिइँदै आयोजना हुन लागेको यस संस्करणमा देश-विदेशमा रहेका नेपाली युवतीहरूलाई सहभागिता जनाउन आग्रह गरिएको छ।
अन्तिम आवेदन म्याद २०८२ असार २६ (जुलाई १०) सम्म तोकिएको छ भने अन्तिम अडिसन २०८२ असार २८ (जुलाई १२) मा काठमाडौंमा हुनेछ। प्रतियोगिता अन्तर्गत विर्तामोड, नेपालगञ्ज, जनकपुर लगायत विभिन्न शहरहरूमा अडिसन हुनेछ। साथसाथै काठमाडौंका १० कलेजमा Activation Campaign सञ्चालन गरिने आयोजकले जनाएको छ।
भव्य ग्राण्ड फिनाले २०८२ भदौ १४ गते (२०२५ अगस्ट ३०) शनिबार, गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुनेछ। कार्यक्रम हिमालयन टेलिभिजनमार्फत प्रत्यक्ष प्रशारण गरिनेछ।
यस वर्ष चार विजेता छनोट गरिनेछन्:
मिस नेपाल वर्ल्ड
मिस नेपाल अर्थ
मिस नेपाल इन्टरनेशनल
मिस नेपाल कोस्मो (नेपालको पहिलो सहभागिता)
योग्यता:
नेपाली नागरिक
उमेर: १८ देखि २७ वर्ष
उचाइ: कम्तिमा ५ फिट ३ इन्च
दर्ता: निःशुल्क
हालैका अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली प्रतिनिधिहरूले देशको गौरव बढाएका छन्। करुणा रावत, सुमना केसी, र सुच्छा प्रधान जस्ता पूर्व विजेताहरूले मिस इन्टरनेशनल, मिस अर्थ, र मिस वर्ल्डमा नेपालको सशक्त उपस्थिति जनाइसकेका छन्।
Crown Partner को रूपमा श्री नटराज ज्वेलर्स र सह-प्रायोजक बर्जर पेन्ट्स लाई आयोजकले विशेष धन्यवाद दिएको छ।