शिक्षा, समाचार, समाचार

सगरमाथा स्कुलको शैक्षिक कीर्तिमान : १३ वर्षदेखि एसईईमा सतप्रतिशत सफलता

१८ असार २०८२ बुधबार 

बाँके, नेपालगन्ज – सगरमाथा इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुल, कारकाँदो नेपालगन्ज–१८ ले पुनः एकपटक आफ्नाे शैक्षिक उत्कृष्टतालाई निरन्तरता दिँदै शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सतप्रतिशत सफलता प्राप्त गरेको छ।

यस वर्ष परीक्षामा सहभागी भएका सम्पूर्ण ४४ जना विद्यार्थीहरू उत्कृष्ट नतिजासहित सफल भएका छन्। स्कूलले लगातार १३ वर्षदेखि एसईईमा शतप्रतिशत नतिजा ल्याउँदै आएको र यसले स्कुलको शैक्षिक छवि अझ उचो बनाएको स्कुलका प्रबन्ध निर्देशक (एमडी) कौशल पाण्डेयले जानकारी दिनुभयो।

विद्यालय प्रशासनले विद्यार्थीहरूको सफलतामा भूमिका निर्वाह गर्ने शिक्षक, कर्मचारी, अभिभावक तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ।

Advertisement

गुणस्तरीय शिक्षण, अनुशासन, समर्पित शिक्षक र आधुनिक शिक्षण प्रणालीलाई आफ्नो आधार बनाउँदै आएको सगरमाथा स्कुलले प्रत्येक वर्ष उल्लेखनीय उपलब्धि हासिल गर्दै आएको छ। एमडी पाण्डेयका अनुसार यही समर्पण र निष्ठाले विद्यालयको शैक्षिक प्रगति सुनिश्चित गरेको हो।

अबको शैक्षिक यात्रा सगरमाथा कलेजमा अघि बढाउन विद्यालयले सम्पूर्ण विद्यार्थीहरूलाई स्वागत गर्दै, गुणस्तरीय शिक्षाको प्रतीकका रूपमा सगरमाथा सबैको पहिलो रोजाइ बन्ने विश्वास व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

Advertisement