समाचार, समाचार

लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना, नागरिकलाई सतर्क रहन आग्रह

१६ असार २०८२ सोमबार 

मेराज सल्मानी 

बाँके, नेपालगन्ज – लुम्बिनी प्रदेशका बाँकेसहितका जिल्लाहरूमा आज दिउँसोदेखि रातिसम्म मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

विशेषगरी पहाडी भेगहरूमा चट्याङसहितको वर्षा हुने देखिएको छ। पश्चिमी वायुसँगै भारतको बंगाल क्षेत्रबाट प्रवेश गरेको नमीयुक्त हावाले वर्षाको गतिविधि थप सक्रिय बनाएको मौसमविद्हरूको भनाइ छ।

यस वर्षासँगै नदी-नाला तथा ढल निकास प्रणालीमा अवरोध आउने, शहरी क्षेत्रमा डुबान हुने, र पहाडी क्षेत्रमा पहिरोको जोखिम समेत रहेको महाशाखाको चेतावनी छ।

Advertisement

महाशाखाले नागरिकहरूलाई सतर्कता अपनाउन, आवश्यक नपरी घर बाहिर ननिस्कन, र जोखिमयुक्त स्थानहरूबाट टाढा रहन आग्रह गरेको छ। साथै, स्थानीय प्रशासन र विपद् व्यवस्थापन निकायहरूलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement