१५ असार २०८२ आइतबार
बाँके, जानकि – २२औँ राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिवसको अवसरमा योङ्ग कम्युनिष्ट लिग नेपाल (वाइसीएल) नेपाल र नेकपा (माओवादी केन्द्र) जानकी गाउँपालिका समिति द्वारा जानकी गाउँपालिका–२, साहूपुरवामा भव्य धान रोपाइ कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रममा वाइसीएल नेपालका केन्द्रीय सचिवालय सदस्य एवं बाँके जिल्ला निबर्तमान इन्चार्ज किस्मत अली ‘शेष (जीत)’ को प्रमुख उपस्थितिमा सम्पन्न भएको थियो। साथै माओवादी केन्द्र, जानकी गाउँपालिकाका अध्यक्ष प्रकाश दर्नाल, वाइसीएल नेपालका बाँके जिल्ला निबर्तमान अध्यक्ष नरेन्द्र दादेल, स्थानीय पार्टी पदाधिकारी, कार्यकर्ता तथा जनसाधारणको उत्साहजनक सहभागिता रहेको थियो।
धान खेतीको महत्व झल्काउने र कृषिमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम बेलुका ५:०० बजे सम्पन्न भएको थियो।
कार्यक्रममार्फत कृषि पेशाको सम्मान, स्थानीय उत्पादनको प्रवर्द्धन र राष्ट्रिय आत्मनिर्भरता तर्फ सन्देश प्रवाह गरिएको आयोजकहरूले बताएका छन्।