समाचार, समाचार

नेपालगञ्जको कान्तीताल नजिक बेवारिसे अवस्थामा फेला परेका पुरुषको मृत्यु

१५ असार २०८२ आइतबार 

बाँके, नेपालगन्ज – नेपालगञ्ज उपमहानगरपालिका–६ स्थित कान्तीताल जाने मार्गमा अन्दाजी ३५–३६ वर्षको एक पुरुष अचेत अवस्थामा फेला परेका छन्। मिति २०८२ असार १५ गते बिहान करिब १०:०० बजे अचेत अवस्थामा भेटिएका ती पुरुषलाई तत्काल उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज लगिएको थियो।

तर, अस्पताल पुर्‍याइएको केही समयमै—बिहान १०:२० बजे—चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका छन्। मृतकको नाम, थर र वतन हालसम्म खुल्न सकेको छैन। शव हाल भेरी अस्पतालको शवगृहमा राखिएको छ।

Advertisement

जिल्ला प्रहरी कार्यालय बाँकेले मृतकको पहिचान खुलाउन सार्वजनिक सहयोगको आग्रह गरेको छ। उक्त व्यक्तिलाई चिनेका वा उनको बारेमा जानकारी भएका जो–कोहीले शीघ्र जिल्ला प्रहरी कार्यालय बाँकेमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement