१४ असार २०८२ शनिबार
राजनीतिक प्रतिशोधको आरोपसहित रास्वपाले सञ्चालन गरेको ‘हस्ताक्षर अभियान’मा अब आदिवासी राउटे समुदायको पनि साथ जुट्न थालेको छ। सभापति रवि लामिछानेविरुद्ध भइरहेको राजनीतिक खेलोको विरोधस्वरूप राउटे मुखियासहितका सदस्यहरूले ल्याप्चे लगाएर रविप्रति ऐक्यबद्धता जनाएका छन्।
राजनीतिक पूर्वाग्रहबाट प्रेरित रूपमा रवि लामिछानेमाथि आँचल ओढाउने प्रयास भइरहेको भन्दै राउटेहरूले यस्तो कदम चालेका हुन्। उनीहरूले रविलाई अन्यायपूर्ण रूपमा फसाउने प्रयासको प्रतिवाद गर्न आम नागरिकजस्तै आफूहरूको पनि दायित्व रहेको बताएका छन्।
रास्वपाको अभियान देशभर तीव्र रूपमा फैलिरहेको बेला राउटे समुदायको सहभागिताले थप जनसहयोग र विविधता बटुलेको छ।
रास्वपा नेताहरूले राउटे समुदायप्रति आभार प्रकट गर्दै यो समर्थन न्यायका पक्षमा जनताको आवाज भएको बताएका छन्।