जीवनशैली, समाचार

वाइसीएलको उद्धार अभियान: नुवाकोटको बाढीपीडितलाई सहयोग, एकको मृत्यु, एक घाइते

१४ असार २०८२ शनिबार 

नुवाकोट – नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल), नेपाल नुवाकोटमा आएको बाढीपीछिको उद्धारमा सक्रिय रूपमा जुटेको छ। संगठनका जिल्ला अध्यक्ष जलन गजुरेलको नेतृत्वमा वाइसीएलको टिम पीडित क्षेत्रमा पुगेर उद्धार तथा राहत कार्यमा खटिएको हो।

असार १२ गते राती करिब १२ बजे नुवाकोटको ककनी गाउँपालिका–१, भसीबुस्थित कोल्पुखोलामा अबिरल वर्षापछि आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीले नेकपा (माओवादी केन्द्र) का नेता लालबहादुर बलामीको गोठ बगाउँदा परिवारमा त्रासदीपूर्ण घटना घटेको हो।

उक्त घटनामा बलामीकी ३३ वर्षीया बुहारी कमला बलामीको मृत्यु भएको छ भने ३५ वर्षीय छोरा अशोक बलामी घाइते भएका छन्। घाइतेको स्वास्थ्य उपचार भइरहेको छ।

Advertisement

वाइसीएलको टोलीले घटनास्थलमा पुगेर उद्धार कार्यमा सहयोग गर्नुका साथै पीडित परिवारलाई तत्कालीन राहत सामग्री वितरण गर्ने कार्यसमेत थालेको जनाएको छ।

स्थानीय बासिन्दाहरूका अनुसार बाढीले अन्य घर र संरचनामा पनि क्षति पु‍र्‍याएको छ। जोखिम क्षेत्रका नागरिकहरूलाई सुरक्षित स्थानमा सार्ने काममा समेत वाइसीएल र स्थानीय निकाय जुटेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0

Advertisement