१४ असार २०८२ शनिबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पेरिस डाँडास्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा ६२ जना चिकित्सकलाई पार्टीमा स्वागत गरेका छन्। विभिन्न सरकारी तथा निजी क्षेत्रका चिकित्सकहरू माओवादीको विचार, नीति र राष्ट्रिय परिवर्तनप्रतिको प्रतिबद्धताबाट प्रभावित भएर पार्टीमा प्रवेश गरेको जनाइएको छ।
प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले स्वास्थ्य क्षेत्रको सुधारमा चिकित्सकको भूमिका निर्णायक हुने भन्दै उनीहरूलाई पार्टी भित्र्याउनु ठूलो उपलब्धि भएको बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1