समाचार, समाचार

भूमि आयोगको २० औं बैठक कोहलपुरमा सम्पन्न

१३ असार २०८२ शुक्रबार 

मेराज सल्मानी,

बाँके, कोहलपुर – भुमि समस्या समाधान बाँके आयोगको २० औं जिल्ला स्तरीय बैठक आज बाँकेको कोहलपुरमा सम्पन्न भएको छ। बैठकमा आयोगका केन्द्रीय विज्ञ सदस्य डा. जगत बहादुर बस्नेत, टेक बहादुर शाह, स्थानीय तहका प्रतिनिधिहरू, प्राविधिक तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

बैठकमा भूमिसम्बन्धी समसामयिक समस्या, हालसम्मको प्रगति, देखा परेका चुनौतीहरू र आगामी कार्ययोजनाका विषयमा विस्तृत छलफल भएको थियो। सहभागीहरूले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बस्ती व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

बैठकले कोहलपुर नगरपालिका क्षेत्रका १४ वटै वडामा नाप-नक्शा सम्पन्न भइसकेको जग्गाको फिल्ड चेक कार्य अघि बढाउने निर्णय गरेको छ। यसका लागि नापी अधिकृत राजेन्द्र बहादुर थापाको संयोजकत्वमा सर्वेक्षक महेश कुमार पन्त र सूर्य प्रसाद ढकाल सदस्य रहने समिति गठन गरिएको छ।

Advertisement

बैठकको अध्यक्षता आयोगका बाँके जिल्ला अध्यक्ष घननाथ खनालले गरेका थिए। सहभागीहरूबाट विभिन्न अनुभव, सुझाव र धारणा प्रस्तुत गरिँदा कार्यक्रम समृद्ध र जानकारीमूलक बनेको थियो।

बैठकले भोलिदेखि कोहलपुर नगरपालिका वडा नं. २, ३ र ५ मा नाप-नक्शा सम्पन्न जग्गाको फिल्ड चेक सुरु गर्ने निर्णय समेत गरेको छ। उक्त विवरणलाई सत्यतथ्यसहित आयोगको बाँके जिल्ला समितिमा बुझाइ कार्यलाई तीव्रता दिइनेछ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
0