खेलकुद, समाचार

नेपालगन्ज फुटसलमै इन्डोर क्रिकेट प्रतियोगिता, त्रिभुवन किंग्स च्याम्पियन

११ असार २०८२ बुधबार 

 रोशन कुमार शाह 

बाँके — नेपालगन्जमा पहिलोपटक फुटसल मैदानलाई प्रयोगमा ल्याएर इन्डोर क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ। असार ७ देखि ११ गतेसम्म नेपालगन्ज फुटसल मैदानमा आयोजित प्रतियोगितामा त्रिभुवन किंग्सले उपाधि जितेको हो।

फुटसल मैदानमै म्याट बिछ्याएर गरिएको यो प्रतियोगिताले नेपालगन्जमा क्रिकेट खेलको लागि वैकल्पिक भौतिक संरचना प्रयोग गर्न सकिने सम्भावना देखाएको छ। “घाम लागोस् वा पानी परोस्, खेल रोकिने छैन भन्ने उदाहरण यसले देखाएको छ,” आयोजक नेपालगन्ज-११ रकर्सका सदस्यहरूले बताएका छन्।

छ ओभरको फाइनल खेलमा त्रिभुवन किंग्सले पहिले ब्याटिङ गर्दै १०१ रनको चुनौती प्रस्तुत गरेको थियो। जवाफमा नेक्सस टिम ३७ रनमै समेटिँदै पराजित भयो।

फाइनल खेलको म्यान अफ द म्याच साहिद अन्सारी घोषित भए भने प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका सुरज दास म्यान अफ द सिरिज घोषित भए। मुख्य अम्पाएरको भूमिका अफरोज खानले निर्वाह गरेका थिए।

Advertisement

विजेता त्रिभुवन किंग्सले १५ हजार रुपैयाँ र उपविजेता नेक्ससले ८ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। पुरस्कार वितरण नेपालगन्ज फुटसलका सञ्चालक केशव राना, ज्ञानमणि अधिकारी र सुवास अधिकारीले गरे।

Advertisement

नेपालगन्जको फुटसल मैदानमा इन्डोर क्रिकेट प्रतियोगिता गराउने यो पहलले स्थानीय खेलप्रेमीहरूमा उत्साह थपेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0