खेलकुद, समाचार, समाचार

प्रचण्डद्वारा दक्षिण एशीयाली शारीरिक सुगठनका पदक विजेता खेलाडीहरूलाई बधाई

१६ असार २०८२ सोमबार 

काठमाडौं, – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भुटानको थिम्पूमा सम्पन्न १५औं दक्षिण एशीयाली शारीरिक सुगठन प्रतियोगितामा पदक जित्न सफल नेपाली खेलाडीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ।

अध्यक्ष प्रचण्डले विशेष रूपमा महिला एथलेटिक फिजिक समूहमा स्वर्ण जितेकी उर्मिला श्रेष्ठको नाम उच्च प्रशंसा गर्दै, समग्र टिम नेपालको उत्कृष्ट सफलताले मुलुकको गौरव बढाएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “खेल, विशेषतः शारीरिक सुगठनजस्तो कठिन क्षेत्रप्रति राज्यको ध्यान अझै कम देखिन्छ। अब यो खेललाई पनि प्राथमिकतामा राख्नुपर्छ। म व्यक्तिगत रूपमा पूर्ण साथ दिन तयार छु।”

प्रतियोगितामा नेपालले उल्लेखनीय सफलता हासिल गरेको छ।

महिला एथलेटिक फिजिक समूहमा
– उर्मिला श्रेष्ठ: स्वर्ण पदक
– शीला ठकुरी: रजत पदक

५५ केजी पुरुष तौल समूहमा
– सरद सुवाल: रजत पदक

Advertisement

पुरुष स्पोर्ट्स फिजिक (१७५ से.मी. मुनी)
– अवतार श्रेष्ठ: रजत पदक

पुरुष स्पोर्ट्स फिजिक (१७५ से.मी. माथि)
– प्रनिश श्रेष्ठ: पाँचौं स्थान

भारत, श्रीलंका, बंगलादेशलगायत राष्ट्रहरूबीच प्रतिस्पर्धा भएको प्रतियोगितामा नेपाली खेलाडीहरूको प्रदर्शनले देशलाई अन्तर्राष्ट्रिय स्तरमा गौरव दिलाएको छ।

Advertisement

अध्यक्ष प्रचण्डले खेलाडीहरूको मिहिनेत र समर्पणको खुलेर प्रशंसा गर्दै राज्यले अब शारीरिक सुगठनजस्ता खेललाई आवश्यक स्रोतसाधन, सम्मान र प्रोत्साहन दिनु अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0