समाचार, समाचार

संयुक्त वक्तव्य: अमेरिकी–इजरायली आक्रमणको विरोधमा वामपन्थी दल र बुद्धिजीवीहरुको साझा आवाज

०९ असार २०८२ सोमबार 

काठमाडौं, 

गतवर्ष प्यालेष्टाइनमाथि इजरायली हमलाले मच्चाएको नरसंहारको पीडा अझै ताजा रहँदै गर्दा, यतिबेला अमेरिकी उक्साहटमा इजरायलले पुनः इरानमाथि आक्रमण गरेको छ। यस आक्रमणले इरानको राष्ट्रिय स्वाधीनता र अन्तर्राष्ट्रिय कानुन दुवैको गम्भीर उल्लंघन गरेको भन्दै नेपालका विभिन्न वामपन्थी राजनीतिक दल र बुद्धिजीवीहरुले कडा विरोध जनाएका छन्।

एक संयुक्त वक्तव्यमार्फत नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी लगायतका पार्टी प्रतिनिधिहरूले अमेरिकी आक्रमणलाई “गम्भीर युद्ध अपराध” भन्दै विश्वयुद्ध निम्त्याउने दुष्प्रयासको रूपमा चेतावनी दिएका छन्।

वक्तव्यमा भनिएको छ, “विश्वशान्तिका लागि अविलम्ब युद्धविराम गरी, संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशील सिद्धान्त र अन्तर्राष्ट्रिय कानुनको आधारमा समस्याको समाधान खोजिनु पर्दछ।” साथै, इजरायल र इरानमा रहेका नेपालीहरुको सुरक्षाका लागि तत्काल पहल गर्न सरकारसँग जोडदार माग गरिएको छ।

Advertisement

उक्त संयुक्त वक्तव्यमा हस्ताक्षर गर्नेहरुमा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङ, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा (एकीकृत समाजवादी) का स्थायी समिति सदस्य बलराम बाँस्कोटा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव आहुती, वाम बुद्धिजीवी निनु चापागाईंलगायतका नेताहरु थिए।

वक्तव्यको अन्त्यमा सम्पूर्ण न्यायप्रेमी नेपाली जनसमुदायलाई युद्धविरोधी ऐक्यबद्धता जनाउन हार्दिक आह्वान गर्दै, स्वाधीन राष्ट्रहरूको पक्षमा दृढतापूर्वक उभिन सबैलाई आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement