समाचार

नेपालगन्ज उपमहानगरपालिकाबाट लुम्बिनी प्रदेशमै पहिलोपटक ‘ग’ वर्गका अपांगता भएका व्यक्तिका लागि निःशुल्क स्वास्थ्य बीमा

०२ असार २०८२ सोमबार 

बाँके, नेपालगन्ज — लुम्बिनी प्रदेशमै पहिलोपटक नेपालगन्ज उपमहानगरपालिकाले ‘ग’ वर्गका अपांगता भएका व्यक्तिहरूको निःशुल्क स्वास्थ्य बीमा गराएको छ। सामाजिक न्याय प्रवर्द्धनको अभिप्रायले सुरु गरिएको यस अभियानअन्तर्गत नगरभित्रका १९२ परिवारलाई स्वास्थ्य बीमा कार्ड हस्तान्तरण गरिएको हो।

उपमहानगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई लगायतको उपस्थितिमा बीमितहरूलाई औपचारिक रुपमा बीमा कार्ड वितरण गरिएको हो।

Advertisement

नगरपालिकाका अनुसार आगामी आर्थिक वर्षदेखि ‘अल्बिनो’ भएका व्यक्तिहरूको समेत स्वास्थ्य बीमा गर्ने तयारी गरिएको छ। यो पहल सामाजिक समावेशिता र हरेक नागरिकको स्वास्थ्य सुरक्षातर्फ उन्मुख उदाहरणीय कदमको रूपमा लिइएको छ।

उपमहानगरले स्वास्थ्य बीमामार्फत हाम्रा पिछडिएका वर्गको जीवनस्तर सुधार गर्न र उपचार पहुँच सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको जनाइएको छ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0