समाचार

बालाजुबाट सकुशल भेटिए डा. केशव श्रेष्ठ, प्रहरीको संरक्षणमा

०२ असार २०८२ सोमबार ३:४२

काठमाडौं, – सामाजिक सञ्जाल फेसबुकमा सुसाइड नोट लेखेर बेपत्ता भएका डा. केशव श्रेष्ठ बालाजु क्षेत्रबाट सकुशल फेला परेका छन्। प्रहरी स्रोतका अनुसार उनी बालाजुको एक घर वा होटलमा लुकेर बसेको अवस्थामा भेटिएका हुन्।

प्रहरीको विशेष टोलीको खोजीपछि उनलाई उद्धार गरी हाल प्रहरी परिसर भद्रकालीमा ल्याइएको छ। प्रारम्भिक बयानमा उनले आत्महत्याको तयारीस्वरूप डोरी खोजिरहेको बताएका छन्।

Advertisement

प्रहरीका अनुसार घटनाको थप अनुसन्धान जारी रहेको छ। मानसिक तनाव वा अन्य कारणले उनले यस्तो कदम चाल्न खोजेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। प्रहरीको सतर्कता र समयमै भएको उद्धारका कारण सम्भावित दुर्घटना टर्‍न सफल भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement