०२ असार २०८२ सोमबार
काठमाडौं,- लागुऔषध कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले काठमाडौंको कुलेश्वरबाट भारतीय नम्बर प्लेटको स्यान्ट्रो गाडी नियन्त्रणमा लिँदै दुई जनालाई पक्राउ गरेको छ।
२०७८ असार ३० गते राति करिब ९ बजे, विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–१४ स्थित फलफूल बजार नजिक रोकी राखिएको भारतीय नम्बर प्लेट UP78CB9835 भएको स्यान्ट्रो कार जाँच गर्दा गाडीको ढोका र डिक्कीमा अक्सिजन सिलिन्डरभित्र लुकाइ छिपाइ राखिएको अवस्थामा ठूलो परिमाणमा लागुऔषध फेला पारेको हो।
प्रहरीले लागुऔषधसहित निम्न दुई जनालाई नियन्त्रणमा लिएको छः
१. राजु मिजार, २६ वर्ष, स्थायी ठेगाना नुवाकोट, पञ्चकन्या गाउँपालिका–२, हाल काठमाडौं–१४ बल्खु बसोबास।
२. मीना मगर, २४ वर्ष, हाल काठमाडौं–१४ बल्खु बसोबास।
प्रहरी अनुसन्धान अनुसार, राजु मिजार यसअघि पनि लागुऔषध कारोबारमा संलग्न रही तीन पटक मुद्दा भोगिसकेको अभिलेखमा उल्लेख छ –
मिति २०७८/०८/०३: लागुऔषध नियन्त्रण ब्यूरो,
मिति २०८१/०३/०५: प्रहरी वृत्त जगाती, भक्तपुर
मिति २०८१/०४/०१: प्रहरी वृत्त थानकोट, काठमाडौं।
बरामद सामग्रीहरू:
ट्रमाडोल क्याप्सुल ८२,९०० थान (८२९० फायल)
मोबाइल सेट – २ थान
अक्सिजन सिलिन्डर – १ थान
भारतीय नम्बर प्लेट UP78CB9835 भएको स्यान्ट्रो कार – १ थान
नगद रकम – रु. ६५,०००।–
पक्राउ परेका दुवै जनालाई काठमाडौं जिल्ला अदालतबाट ११ दिनको म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।