समाचार

टिप्परको ठक्करले फोर्स गाडी पल्टियो, पाँच घाइते

०२ असार २०८२ सोमबार 

सुर्खेत,
सुब्बाकुना–छिन्चु सडक खण्डको भेरी पुल नजिक कर्णाली प्रदेश ०२–००१ क ००३७ नम्बरको टिप्परले फोर्स गाडीलाई ठक्कर दिँदा पाँच जना यात्रु घाइते भएका छन्।

वीरेन्द्रनगरबाट दाङतर्फ गइरहेको कर्णाली प्रदेश ०२–००१ ख ०४३८ नम्बरको फोर्स गाडीलाई ठक्कर दिँदा गाडी सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

दुर्घटनामा फोर्स गाडीका चालक वीरेन्द्रनगर–१२ निवासी २९ वर्षीय कमल रजा, दाङ राजपुर गाउँपालिका–२ का ३२ वर्षीय भुवन चौधरी, सिम्ता गाउँपालिका–६ की ३२ वर्षीया सरिता गरञ्जा, शारदा नगरपालिका–१ का ५० वर्षीय हेमराज बुढाथोेकी र वीरेन्द्रनगर–११ का २५ वर्षीय रामबहादुर विक घाइते भएका छन्।

Advertisement

घाइतेहरुको सुर्खेतस्थित प्रदेश अस्पताल र माया नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement