व्यापार

पेट्रोल र डिजेलको मूल्य फेरि बढ्यो, नयाँ दर असार २ देखि लागू

०१ असार २०८२ आइतबार 

काठमाडौं, – इण्डियन आयल कर्पोरेशनबाट आयात गरिने पेट्रोलियम पदार्थको खरिद मूल्य वृद्धि भएपछि नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टितेलको खुद्रा मूल्यमा वृद्धि गरेको छ।

नेपाल आयल निगमका अनुसार, २०८२ साल असार १ गते (१५ जुन २०२५) मा प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ ४१ पैसा र डिजेल १ रुपैयाँ ६७ पैसाले महँगो परेको छ।

निगम सञ्चालक समितिको निर्णय अनुसार, असार २ गते (१६ जुन २०२५) विहान ००:०१ बजेदेखि लागू हुनेगरी पेट्रोलमा १ रुपैयाँ र डिजेल/मट्टितेलमा २ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरिएको छ।

नयाँ खुद्रा मूल्य यस प्रकार छन् (मु. अ. करसहित):

वर्ग पेट्रोल (प्रति लिटर) डिजेल/मट्टितेल (प्रति लिटर)

पहिलो वर्ग रु. १५७।५० रु. १४२।५०

दोस्रो वर्ग रु. १५९।०० रु. १४४।००

Advertisement

तेस्रो वर्ग रु. १६०।०० रु. १४५।००

क्षेत्रगत वर्गीकरण:

पहिलो वर्ग: चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी, वीरगञ्ज

Advertisement

दोस्रो वर्ग: सुर्खेत, दाङ 

तेस्रो वर्ग: काठमाडौं, पोखरा, दिपायल

निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि र आयात लागत बढेसँगै मूल्य समायोजन गर्नुपरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0