समाचार

सामाजिक सञ्जालमा तथ्यहीन र भ्रामक सामग्री प्रसारण गर्ने रमा बस्नेत पक्राउ

०१ असार २०८२ आइतबार 

काठमाडौं, – सामाजिक सञ्जाल TikTok मा नियोजित रूपमा जातीय, धार्मिक र साम्प्रदायिक सद्भावमा खलल पुर्‍याउने सामग्री प्रसारण गर्ने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ।

विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान गर्दै जाँदा खोटाङ जिल्ला हलेसी तुवाचुङ नगरपालिका वडा नं. ६ स्थायी वतन भई हाल भक्तपुरमा बसोबास गर्दै आएकी ३१ वर्षीया रमा बस्नेतको संलग्नता पुष्टि भएपछि उनलाई पक्राउ गरिएको साइबर ब्यूरोले जनाएको छ।

प्रहरीका अनुसार रमा बस्नेतले TikTok मा प्रतिष्ठित व्यक्ति तथा संस्थालाई लक्षित गर्दै तथ्य र आधारविहीन विषयवस्तु सार्वजनिक गर्ने, जातीय र धार्मिक विद्वेष फैलाउने खालका टिप्पणीहरू गर्ने, र सामाजिक सद्भावमा नकारात्मक प्रभाव पार्ने आशयले सामग्रीहरू पोस्ट गर्दै आएकी थिइन्। यसरी प्रसारित सामग्रीले व्यक्ति, संस्था र सम्प्रदायको चरित्र हत्या गर्न खोजिएको प्रहरीको दाबी छ।

Advertisement

यस घटनापछि साइबर ब्यूरोबाट खटिएको विशेष टोलीले उनलाई मिति २०८२ असार १ गते भक्तपुरबाट पक्राउ गरेको हो। उनलाई जिल्ला अदालत काठमाडौंमा पेश गरी तीन दिनको म्याद थप गरिएको र हाल आवश्यक अनुसन्धान जारी रहेको साइबर ब्यूरोले जानकारी दिएको छ।

प्रहरीले सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रताको आडमा कुनै पनि व्यक्ति वा समुदायमाथि लक्षित गरेर घृणा फैलाउने, झूटा आरोप लगाउने र द्वेषपूर्ण सामग्री सार्वजनिक गर्ने कार्य गैरकानुनी हुने भन्दै यस्ता कार्यप्रति सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह समेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement