स्वास्थ

पत्रकारका आँखामा सेवा : नेपालगञ्जमा गौरव स्मृति दिवसको अवसरमा नि:शुल्क आँखा जाँच कार्यक्रम सम्पन्न

०१ असार २०८२ आइतबार 

बाँके, नेपालगञ्ज – “पत्रकारका आँखाले समाज देख्छ, हामीले ती आँखाको हेरचाह गर्‍यौं।” यस्तै भावनाले निर्देशित हुँदै चौथो गौरव स्मृति दिवसको अवसरमा नेपालगञ्जमा सञ्चारकर्मीहरूलाई लक्षित गर्दै नि:शुल्क आँखा जाँच तथा चस्मा वितरण कार्यक्रम सम्पन्न भएको छ।

गौरव स्मृति तथा वाई. योर सेल्फ फाउन्डेसन र नेपाल पत्रकार महासंघ बाँकेको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा करिब ७० जना पत्रकारहरूको आँखा परीक्षण गरिनुका साथै आवश्यक औषधी तथा चस्मा निःशुल्क वितरण गरिएको थियो।

Advertisement

कार्यक्रम गौरव स्मृति तथा वाई. योर सेल्फ फाउन्डेसनका अध्यक्ष मधु शाहको अध्यक्षतामा सम्पन्न भएको थियो भने नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष नवीन गिरी, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी, फाउन्डेसनका संस्थापक संरक्षक प्रदीप शाह र बाँके (बास) का केन्द्रीय अध्यक्ष शिवकुमार वर्मालगायत वक्ताहरूले कार्यक्रमको उद्देश्य र प्रभावबारे धारणा व्यक्त गरेका थिए।

उनीहरूले यस्तो किसिमको कार्यक्रमले पत्रकारको स्वास्थ्य र कल्याणप्रति संस्थाहरूको संवेदनशीलता झल्काउने बताउँदै आगामी दिनमा पनि यस्ता सहकार्यको अपेक्षा व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

Advertisement