३१, जेष्ठ २०८२ शनिबार
बाँके, नेपालगन्ज – २५ औं विश्व रक्तदाता दिवसको अवसरमा नेपालगञ्जमा आयोजित बृहत् रक्तदान कार्यक्रममा १०२ पिन्ट रगत संकलन गरिएको छ ।
प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा २० भन्दा बढी संघसंस्थासँग आवद्ध व्यक्तिहरूले उत्साहपूर्वक रगतदान गरेका थिए । नगर अध्यक्ष शिव दाहालले रक्तदानमा प्राप्त उल्लेखनीय सहभागिता प्रति आभार व्यक्त गर्दै नियमित रक्तदान अभियान आवश्यक रहेको बताए ।
संघका जिल्ला अध्यक्ष सञ्जय थापाका अनुसार रगत अभावको समस्या समाधान गर्न तथा स्टक वृद्धि गर्न उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी प्रदेशिक रक्तसञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीको नेतृत्वमा प्राविधिक टोलीको सहयोगमा कार्यक्रम नेपालगञ्जको सुर्खेत रोडस्थित स्वस्तिक कटेजमा सम्पन्न भएको हो ।
स्थानीय संघसंस्था, व्यवसायी, युवा तथा सर्वसाधारणको सक्रिय सहभागिताले रक्तदान कार्यक्रम सफल बनेको आयोजकले जनाएका छन् ।