राजनीति

उर्लाबारीमा शक्ति प्रदर्शन : ३७० जना माओवादी केन्द्रमा प्रवेश, अध्यक्ष प्रचण्डले गरे भव्य स्वागत

३१, जेष्ठ २०८२ शनिबार 

मोरङ, उर्लाबारी,- पूर्वी नेपालको राजनीतिक केन्द्रविन्दु उर्लाबारीमा शनिबार नेकपा (माओवादी केन्द्र) ले प्रभावशाली शक्ति प्रदर्शन गरेको छ। विभिन्न पार्टी परित्याग गरी सन्देश घिमिरे, सुवास लामा, कर्म लिम्बुसहित ३७० जना नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रवेश कार्यक्रमलाई भव्यतासाथ सम्बोधन गर्दै सबै नवप्रवेशीहरूलाई फूलमालासहित स्वागत गरे।

प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले भने, “जनता फेरि माओवादी केन्द्रतिर फर्किन थालेका छन्। हिजो षड्यन्त्रपूर्वक हटाइएको सरकार जनतामाझ सुशासन, सामाजिक न्याय र समृद्धिका एजेन्डा लिएर पुगेको छ। यही कारण हाम्रो जनाधार झन बलियो हुँदैछ।”

झापा र मोरङ जिल्लामा अघिल्लो स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले देखाएको प्रदर्शनलाई स्मरण गर्दै प्रचण्डले आगामी निर्वाचनमा अझै ठूला उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे।

Advertisement

उहाँले पार्टी भित्र र बाहिर भइरहेका षड्यन्त्रप्रति चेतावनी दिँदै माओवादी केन्द्रको लोकप्रियता देखेर प्रतिक्रियावादीहरू आतिइरहेको टिप्पणी गरे।

“नवप्रवेशीहरूले पार्टीमा योगदान दिने विश्वास लिएको छु,” प्रचण्डले भन्नुभयो, “हामी संगठनलाई अझ मजबुत बनाउँदै देशभक्तिपूर्ण एजेन्डासहित अघि बढ्नेछौं।”

उक्त कार्यक्रममा हजारौं समर्थकको उपस्थिति, जनलहर, नाराबाजी र जोशपूर्ण वातावरणले माओवादी केन्द्रको पूर्वी नेपालमा बढ्दो पकडलाई झल्काएको छ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0