अन्तर्राष्ट्रिय समाचार

टाटा समूहको राहत – प्रत्येक मृतक परिवारलाई १ करोड, घाइतेको उपचार खर्च पनि बेहोने

३०, जेष्ठ २०८२ शुक्रबार 

काठमाडौं, – एयर इंडिया उडान १७१ को भयावह दुर्घटनापछि टाटा समूहले मानवीय उत्तरदायित्व निर्वाह गर्दै ठूलो राहत घोषणा गरेको छ। समूहले दुर्घटनामा ज्यान गुमाएका प्रत्येक व्यक्तिको परिवारलाई १ करोड रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने छ।

दुर्घटनामा २६५ भन्दा बढी मानिसले ज्यान गुमाएका छन्, जसमा विमानमा सवार यात्रु तथा जमिनमा रहेका सर्वसाधारणसमेत परेका छन्। अत्यन्त दुःखद यो घटनामा केवल १ जना मात्र जीवित बच्न सफल भएका छन्।

Advertisement

टाटा समूहले घाइतेहरूका सम्पूर्ण चिकित्सा खर्च समेत बेहोने प्रतिवद्धता जनाएको छ। कम्पनीले यस दुर्घटनालाई गम्भीर रूपमा लिँदै राहत र पुनःस्थापनामा पूर्ण सहयोग रहने स्पष्ट पारेको छ।

यो कदम पीडित परिवारहरूलाई केही मात्रामा राहत पुर्‍याउने आशा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0

Advertisement