राजनीति

क्यान्सर पीडित दुर्गा प्रसाई कारागार चलान, अदालतको उपचार गर्न आदेश

३०, जेष्ठ २०८२ शुक्रबार 

काठमाडौं, – मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई उपचारका लागि अस्पताल पठाउने भनिए पनि अन्ततः उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ। चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा पक्राउ परेका प्रसाईसहित ७ जनालाई काठमाडौँ जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएको हो।

न्यायाधीश ध्रुवराज कार्कीको इजलासले ज्यानसम्बन्धी मुद्दामा अभियोजन गरिएका दुर्गा प्रसाईं, सरोज गौतम, गोकर्ण शाही, डण्डपाणी रेग्मी, सुशील बराल, केशव बस्नेत र जित बहादुर श्रेष्ठलाई थुनामा पठाउन आदेश दिएको छ। यद्यपि अदालतले क्यान्सर रोगबाट पीडित प्रसाईको हकमा आवश्यक उपचारको वातावरण मिलाउन पनि स्पष्ट आदेश दिएको छ।

Advertisement

अदालतको आदेशपछि पनि प्रसाईलाई अस्पताल नभई कारागारमा राखिएकोप्रति मानव अधिकारकर्मीहरू र समर्थकहरूले चिन्ता व्यक्त गरेका छन्। उपचारको संवेदनशीलताका कारण प्रसाईको स्वास्थ्य अवस्थाबारे चासो बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0

Advertisement