३०, जेष्ठ २०८२ शुक्रबार
काठमाडौं – इजरायलले आफ्नो भूमिलाई लक्षित गरी सञ्चालन गरेको हवाई आक्रमणको प्रतिशोधस्वरूप इरानले इजरायलतर्फ सयौँ ड्रोन प्रहार गरेको छ। ‘अपरेशन ट्रु प्रोमिस’ नाम दिइएको यस कारवाही अन्तर्गत इरानले एक सयभन्दा धेरै चालकरहित हवाइ उपकरण (ड्रोन) इजरायलमाथि प्रक्षेपण गरेको हो।
यसअघि इजरायलले ‘अपरेशन राइजिङ लायन’ अन्तर्गत इरानमा हवाई आक्रमण गर्दै वरिष्ठ इरानी सैन्य अधिकारी र आणविक वैज्ञानिकलाई निशाना बनाएको थियो। त्यसको जवाफमा इरानको यो ठुलो ड्रोन आक्रमण आएको जनाइएको छ।
इरानको आक्रमणपछि इजरायली वायुसेनाले आफ्ना लडाकु विमान तयारी अवस्थामा राखेको छ। दुबै मुलुकबीचको तनाव उत्कर्षमा पुगेको विश्लेषण गरिएको छ, जसले क्षेत्रीय सुरक्षामा गम्भीर असर पार्न सक्ने देखिन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1